+
+

शिल्पाको बहिनी भनेर चिनिएको भन्दै रोइन् समिता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १४:२२

विवादकै कारण चर्चामा रहने चर्चित रियालिटी शो ‘बीग बोस’को नयाँ सिजन ओटीटीमा सार्वजनिक भएको छ । ८ अगष्टमा यो शोको प्रिमियर ओटीटीबाट भएको थियो । यो शोलाई निर्माता तथा निर्देशक करण जोहरले संचालन गरिरहेका छन् ।

शोमा बलिउड नायिका समिता सेट्टी सहभागी भएपछि धेरै आश्चर्यमा परेका थिए ।कार्यक्रममा करणले समिताको खेल खेल्ने तरिकाको तारिफ गरेका थिए । उनले, समिताको मौनताको बिषयमा पनि प्रश्न गरेका थिए । करणको प्रश्नपछि समिताले आँशु रोक्न सकिनन् । उनले, बलिउडमा २०–२१ बर्ष लामो आफ्नो यात्रा सहज नभएको भन्दै आफू सधै शिल्पा सेट्टीको छायामा परेको पनि बताएकी छिन् ।

दुई दशक भन्दा लामो समयसम्म बलिउडमा रहँदा पनि आफूलाई शिल्पाकी बहिनी भनेर मात्र दर्शकले चिनेको भन्दै आफ्नो पहिचान नबनेको गुनासो गरिन् । उनले, आफ्नो पहिचान बनाउनका लागि अझै पनि संघर्ष नै गर्नुपरेको भन्दै करणको अगाडि आँशु रोक्न सकिनन् ।

समिताले यो शोमा पहिलो पटक सहभागीता जनाएकी होइनन् । उनी, सन् २००९ मा ‘बीग बोस ३’मा पनि सहभागी भएकी थिइन् । सन् २००० मा चलचित्र ‘मोहब्बते’बाट बलिउडमा डेब्यू गरेकी समिताले ‘झलक दिखल जा, फियर फ्याक्टर, खतरो के खिलाडी ९’ लगायतका रियालिटी शोमा भाग लिइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?