+
+

खगेन्द्र र रोजिनालाई पुत्री लाभ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १२:४४

नेपाली चलचित्रमा आफ्नो छुट्टै छाप छोड्न सफल कलाकार खगेन्द्र लामिछाने पिता बनेका छन् । खगेन्द्रकी श्रीमती रोजिना सिटौलाले आज बिहान छोरीलाई जन्म दिएकी हुन् । खगेन्द्रले सामाजिक संजालमार्फत यो कुराको जानकारी दिदै बाबु बनेकोमा खुशी व्यक्त गरेका छन् ।

खगेन्द्रले यो दुनियाँमा स्वागत छ छोरी भन्दै तस्वीर पोष्ट गरेपछि उनी र रोजिनालाई चलचित्रकर्मी र शुभचिन्तकले बधाई दिएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा ‘टलकजंग भर्सेस टुल्के, पशुपति प्रसाद, धनपति’ लगायतका चलचित्रमा अभिनय गरेपछि खगेन्द्रको अभिनयको प्रशंसा भयो । रोजिनाले पनि ‘पशुपति प्रसाद र धनपति’मा लगानी गरेकी छिन् । बाबु–आमा बनेकोमा खगेन्द्र र रोजिनालाई हार्दिक बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?