+
+

बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:५१

२ भदौ, काठमाडौं । बाराको परवानीपुर गाउँपालिका–४ मा गाडीले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

ना ४ च ३४३२ नम्बरको गाडीले ना २१ प १८३१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुका ठक्कर दिँदा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१६ ईनर्वा टोलका ३८ वर्षीय राजेश रामको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रामको नारायणी बयोधा अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएककी मोटरसाइकलमा सवार उनकै छोरी १९ वर्षीया ममता कुमारी र १३ वर्षीया मुस्कान कुमारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?