+
+

काठमाडौंमा फोहोर थुप्रियो, मेयर भन्छन् : पानी पर्‍यो भने अझै उठाउन सकिँदैन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १४:०६

२ भदौ, काठमाडौं । फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरमा केही हप्तादेखि फोहोर उठ्न सकेको छैन ।

हाल काठमाडौं उपत्यकाका विभिन्न शहरमा सडक छेउ र सार्वजनिक स्थलमा फोहोर थुप्रिएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा गाडी जान नसकेको बताए । वर्षात् रोकिएमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि उनले बताए ।

‘वर्षातको कारणले जहाँ सिसडोलमा फोहोर व्यवस्थापन गरिरहेका छौँ, त्यहाँ गाडी जानसक्ने स्थिति रहेन । हिजो पहिरो गएर बाटोको समस्या रह्यो, पहिरो पन्छाइसकेका छौँ । सहज रुपमा गाडी जान सकेका छैनन्’ मेयर शाक्यले भने, ‘यसकारण जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन ।’

सिसडोलदेखि बञ्चरेडाँडाँसम्म जाने सडक सडक विभागले छिट्टै बनाइदिए फोहोरको समस्या समाधान हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?