+
+

काठमाडौं महानगरका विद्यालयमा ९ गतेबाट कक्षा सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १९:२१

३ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा सञ्चालन ९ वैशाखबाट सुरू गर्ने भएको छ ।

महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्यालेन्डर सार्वजनिक गर्दै ७ वैशाखसम्म भर्ना अभियान, वार्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण र पाठ्यपुस्तक व्यवस्थापन तथा वितरण गर्नुपर्ने जनाएको छ ।

८ गते विद्यालयका चमेना गृह सञ्चालक तथा कुक अभिमुखीकरण तालिम र ९ गतेबाट कक्षा सञ्चालन हुनेछ । शैक्षिक क्यालेन्डर अनुसार हरेक महिनाकाे २७ गते प्रधानाध्यापक र शिक्षा विभागबीच नियमित बैठक राखिएको छ ।

१५ वैशाखमा रैथाने प्रजातिका खाद्यवस्तुमा आधारित दिवा खाजा प्रदर्शनी, २९, ३० र ३१ वैशाखमा शिक्षामा सीपअन्तर्गत महानगरस्तरीय ‘स्केचिङ एन्ड स्कल्पचर’ प्रदर्शनी हुनेछ ।

त्यस्तै जेठ २९ देखि ३२ गतेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको बुक फ्रि फ्राइडेसँग सम्बन्धित वृहत शैक्षिक प्रदर्शनी हुनेछ ।

१२ असारमा स्रोत केन्द्रस्तरीय वक्तृत्वकला प्रतियोगिता, १४ गते महानगरस्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ । १७–२४ मा कक्षा ४–१० को प्रथम त्रैमासिक परीक्षा र २५–३१ गते वर्षे बिदा लगायतको तालिका शैक्षिक क्यालेन्डरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?