
२ भदौ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना संक्रमणबाट बच्न मास्कको विकल्प नभएको बताएका छन् ।
वीरगञ्जमा १० प्रतिशतले मात्रै मास्क प्रयोग गर्ने गरेको बताउँदै उनले मानिसमा डर नहुँदा समस्या आउने गरेको बताए ।
नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) वीरगञ्जले आदर्शनगरमा बुधबार आयोजित ‘मास्क अप वीरगञ्ज’ अभियान अन्र्तगत होर्डिङ बोर्ड राख्ने अभियानको उद्घाटन गर्दै उनले खोप लगाएकाले पनि मास्क अनिवार्य लगाउनुपर्नेमा जोड दिए ।
आर्थिक, शैक्षिक लगायत अन्य गतिविधि बन्द नगर्ने हो भने मास्क लगाउने र साबुन पानीले हात धुने कार्यलाई छोड्न नहुने उनको भनाई छ । विद्यालय पठाउँदा छोराछोरीलाई अनिवार्य मास्क लगाएर पठाउन नगरबासीलाई उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4