+
+

टोटनहम पोर्चुगज क्लब पाकोससँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १०:३१

४ भदौ, काठमाडौ । युइएफए कन्फेरेन्स लिग अन्तर्गत छनोटको प्लेअफमा इंग्लिस क्लब टोटनहम हट्सपर पोर्चुगिज क्लब पाकोस डे फरेरासँग १-० ले पराजित भएको छ ।

यसै साता प्रिमियर लिगको पहिलो खेलमै डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गरेको टोटनहमले दोस्रो रोजाइको टोली मैदान उतार्दा पाकोस फरेरासँग पराजत भयो । दोस्रो रोजाइको टोटनहमले पाकोस विरुद्ध गोलका लागि अवसर बनाउनै सकेन ।

पाकोसलाई घरेलु मैदानमा जित जदिलाउन लुकास शिल्भाले एक मात्र गोल गरे । उनले पहिलो हाफको अन्तिम समयमा नुनो सान्तोसको पासमा गोल गरे ।

टोटेनहमले यसै सिजन अघि क्लब भित्रिएका विंगर ब्रायन गिल, डिफेन्डर क्रिस्टियन रोमेरो र गोलरक्षक पिएरलुइजी गोलिनी लगायत खेलाडीलाई पहिलो रोजाइमा खेलाएको थियो ।

टोटनहमले अब कन्फेरेन्स लिग खेल्नका लागि दोस्रो लेगमा जित हात पार्नुपर्ने दबाब छ । दोस्रो लेग अगष्ट २६ मा टोटेनहमको मैदानमा हुनेछ । दुई लेगको खेलपछि समग्रमा विजेता हुने टोली युरोपा कन्फेरेन्स लिगको समूह चरणमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?