
६ भदौ, काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति असर्फ घानीका भाइ हसकत घानीले अफगानीले अब तालिबानको शासन स्वीकार गर्नुपर्ने बताएका छन् । उनले आफूले तालिबानको नियन्त्रण स्वीकार गरिसकेको तर समावेशी सरकार बनाउनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।
शनिबार अलजाजिरासँगको कुराकानीमा उनले विदेशी सेना फिर्ता हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा मुलुकको नयाँ परिस्थितिलाई बुझ्दै अफगानी नागरिकका लागि जरुरी रहेको उनको भनाइ छ ।
अफगानिस्तानका व्यवसायीसमेत रहेका हसमत घानीले पछिल्लो केही दिनयता तालिबानसँग वार्ता गरिरहेका छन् । उनले अहिले अफगानिस्तानका व्यवसायी र हजारौं मानिस मुलुक छाडेर गएको अवस्थामा यो मुलुकको अर्थतन्त्रको लागि निकै ठूलो क्षति हुने बताएका छन् ।
हसमत घानीले मुलुक छाड्ने आफ्नो योजना नरहेको स्पष्ट पारेका छन् । उनले तालिबानले मुलुकका उद्यमीहरुसँग सम्पर्कमा रहन आवश्यक कदम चाल्नु जरुरी रहेको बताएका छन् । उनले तालिबानले पनि आधुनिक समाजलाई स्वीकार गर्नुपर्ने र यस किसिमको व्यवहार तालिबानलाई अफगानिस्तानका मानिसहरुसँग जोडिने सेतु बन्न सक्ने बताएका छन् ।
तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै त्यहाँका मानिसहरुमा अनिश्चितता बढेको छ । तालिबानको शासनमा कस्तो किसिमको व्यवस्था हुन्छ भन्ने आशंका मानिसहरुमा देखिएको छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4