+
+

अक्षयको ‘बेल बटम’को कमजोर कमाई

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १७:३३

नायक अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’ बिहिबारदेखि हलमा रिलिज भएको छ । यो चलचित्रले कोरोनाका कारण हलसम्म आउन नसकेका दर्शकलाई हलमा फर्काउने अपेक्षा गरिएको थियो । तर, अक्षय कुमारको स्टारडम र चलचित्रको चर्चाले पनि काम गरेन ।

कोरोनाका कारण भारतका केही राज्यमा अझै पनि हल खुलेका छैनन् । यसको असर यो चलचित्रको व्यापारमा देखिएको छ । चलचित्रले बिहिबार २.५० करोडको व्यापार गरेको थियो । यस्तै, शुक्रबार चलचित्रले २.४० करोडको व्यापार गर्यो । शनिबार चलचित्रको व्यापार ३.२० करोड रहेको छ । चलचित्रले ३ दिनमा ८.१० करोडको व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

आज बिदाको दिन भएका कारण चलचित्रको व्यापार केही बढ्नेछ । तर, कोरोनाको दोश्रो लहरपछि हलमा रिलिज भएको यो चलचित्रबाट निर्माता, प्रदर्शकलाई ठूलो आशा थियो । राम्रो प्रतिक्रिया पाएर पनि दर्शकलाई चलचित्रसम्म अक्षयले आकर्षित गर्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?