+
+

दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्स बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते ९:५९

७ भदौ, काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले उडिनेसीसँग २-२ को बराबरी खेल्दै नयाँ सिजनको इटालियन सिरी ए को सुरुआत गरेको हो ।

उडिनेसीको मैदानमा यभेनट्सले २३ मिनेटभित्र दुई गोल गरेको थियो । तर दोस्रो हाफमा दुई गोल बेहवरेपछि अंक बाँड्न बाध्य भयो ।

खेलको तेस्रो मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

तर उडिनेसी खेलमा फर्कियो । ५१ औं मिनेटमा रोबर्टो पेरेयराले पेनाल्टीमा गोल गरे भने ८३ औं मिनेटमा जेरार्ड डेउलोफेउले उडिनेसीका लागि बराबरी गोल फर्काए ।

खेलको इन्जुरी टाइममा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले गोल गरेपनि भिएआरले मान्यता नदादा युभेन्ट्स जितबाट बन्चित भएको थियो । रोनाल्डोले गोल गरेपछि जर्सी खोलेर सेलेब्रेसन नै गरेकाले पहेँलो कार्ड पाएका थिए तर भीएआरले रोनाल्डोको गोल अफसाइड घोषित गरिदियो ।

बराबरीपछि दुवै टिमले समान १ अंक जोडेका छन् ।

उता जोसे माउरिन्होलेले सम्हालेको रोमाले भने विजयी सुरुआत गरेको छ । रोमाले फियोरेन्टिनालाई ३-१ ले हरायो । जोर्डन भेरेटोटले दुई तथा हेनरिख मिखातर्यनले एक गोल गरे । फियोरेन्टिनाका लागि निकोला मिलेनकोभिकले एक गोल फर्काए ।

यस्तै नापोलीले भनेजियालाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा नापोलीका लागि लरेन्जो इनसिग्ने र एल्जिफ एलमासले गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?