८ भदौ, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब ६ लाख कित्ता लिलामीमा आवेदन खुला भएको छ । कम्पनीको ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा खुला भएको हो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार न्युनतम् ५ सय ९५ रुपैयाँ तोकिएको मेरो माइक्रोफाइनान्सको सेयर न्युनतम वा सो भन्दा बढी बोलकबोलबाट पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
यो सेयरका लागि सर्वसाधारणहरुले समेत आवेदन दिन सक्नेछन् । लिलामीका लागि भदौ १६ गते दिउँसो २ बजेसम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । बोलपत्र भदौ १७ गते विहान १० बजे नागपोखरीस्थित एनएमबि क्यापिटलमा खुला हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4