+
+

भित्री बस्त्र र प्रजनन स्वास्थ्यको सम्बन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:१४

भित्री वस्त्रमा दिनभर किटाणुहरु जम्मा हुने एवं यीस्ट र फंगसको लागि यो उत्तम ठाउँ बन्न सक्छ । जुन मल र मूत्रबाट दूषित हुन्छ । यसको सञ्चितिले गन्ध पैदा हुन्छ । जसले केवल मान्छेको बेइज्जत मात्रै हुँदैन, धेरै अस्वस्थ पनि बनाउन सक्छ ।

आफ्नो निजी अंगमा हुने दुखाइ

पसिना, चिसोपना, फोहोर र तैलीय पदार्थको सञ्चयका कारण  शरीरको विभिन्न भागमा रातो हुने एवं दुखाइको महसुस हुन सक्छ । तपाईंको अनुहार जस्तै तपाईंको अन्तरंग क्षेत्र पनि ताजा र सफा राख्नका लागि पनि हामी सधैं सफा हुनुपर्छ ।

यीस्ट संक्रमणका लागि प्रजननको क्षेत्र बन्न सक्छ

यीस्ट संक्रमण महिलाहरुमा हुने साधारण संक्रमणहरुमध्ये एक हो । यो अनुचित र अस्वस्थ बानीका कारण सिर्जना हुन्छ । यस्तो संक्रमण सामान्यतया धेरै दिन एउटै खाले फोहोर अण्डरवेयर लगाएर फैलिन्छ ।

जब तपाईं त्यस्तो गल्ती गरिरहनु भएको छ भने तपाईं यीस्टको संक्रमणको लागि प्रजननको ठाउँ दिइरहनु भएको छ । यसका अलावा यो तपाईंको इन्टिमेट क्षेत्रमा र उसको आसपास जलन र बेचैनीको सम्भावनालाई पनि बढाउँछ ।

तपाईंलाई रेशेस हुनसक्छ

हामी धेरैलाई थाहा छ कि यो रेशेसका कारण हामीलाई कति दुखाइ र असहज हुन्छ भन्ने ? यसले केवल हाम्रो दिनचर्यालाई संघर्षशील मात्रै बनाउँदैन । पीडादायी र काममा असर पनि गर्छ ।

यस्तो समस्याबाट मुक्त हुनको लागि तपाईं दैनिक आफ्नो अण्डरवेयर बदल्नुहोस् ।

यसलाई दैनिक परिवर्तन नगर्दा तपाईंको छाला चिलाउने, दुखाइ र अधिक चिसो हुँदा यो संवेदनशील हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?