+

आर्सनलको पोष्टमा म्यानचेष्टर सिटीको ५ गोल

२०७८ भदौ  १२ गते २०:४२ २०७८ भदौ १२ गते २०:४२
आर्सनलको पोष्टमा म्यानचेष्टर सिटीको ५ गोल

१२ भदौ, काठमाडौं । साविक विजेता म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आर्सनललाई ५-० ले पराजित गरेको छ । घरेलु मैदानमा इत्तेहाद स्टेडियममा भएको  खेलमा प्रभावशाली जित हात पार्दा सिटीका लागि फेरान टोरेसले दुई गोल गरे ।

यस्तै ईल्के गुन्डागोन, गाब्रिल जेसस र रोड्रीले एक-एक गोल गरे ।  आर्सनलका ग्रान्ट जाकाले ३५ औं मिनेटमा सिधै रातो कार्ड पाएपछि लण्डन क्लब १० खेलाडीमा समेटिएको थियो ।

पहिलो खेलमै टोटनहमसंग पराजित भएको सिटीले त्यसयता लगातार दोस्रो खेल जितेको हो । शानदार जितपछि ३ खेलबाट ६ अंक जोडेको सिटी अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ ।

लगातार तेस्रो हार बेहोरेको आर्सनल अंकविहीन हुँदै पुछारमा छ ।

आर्सनल म्यानचेष्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय