+
+
सेरो प्रोभ्यालेन्स सर्भे :

दुईतिहाइ नेपालीमा कोभिड एन्टिबडी !

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १९:३७

१३ भदौ, काठमाडौं । दुईतिहाइ नेपालीमा कोभिड-१९ एन्टिबडी बनेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको सेरो प्रोभ्यालेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो ।

सर्वेक्षणका क्रममा २१ असारदेखि ३० साउनसम्म ६ महिनाभन्दा बढी उमेरका १३ हजार १६१ व्यक्तिको नमुना संकलन गरिएको थियो । ३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी नमुना संकलन गरिएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

उनका अनुसार २५० घर भएको ठाउँमा १० घरको नमुना लिइएको थियो । छनोट भएका घरमा चिठ्ठा प्रणालीअनुसार जो पर्छ, उसकै नमुना लिँदा कोभिड भएका–नभएका, खोप लगाएका–नलगाएका सबै पर्छन् ।

संकलिन नमुनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले आइतबार भनेको छ, ‘यस सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभरि ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको छ ।’

अर्थात् कुल जनसंख्या ३ करोड (अनुमानित)मध्ये २ करोडभन्दा बढीमा कोभिड-१९ एन्टिबडी बनेको देखिन्छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का अनुसन्धान प्रमुख मेघनाथ धिमाल भन्छन्, ‘१०० जनामा ६८ जना मान्छेहरुमा कोभिडविरुद्धको एन्टिबडी बनेको रहेछ भनेर बुझ्नुपर्छ ।’

डेढ करोड बढीलाई कोरोना संक्रमण ?

यो अध्ययनले नेपालका कति मानिसलाई कोरोना संक्रमण भयो भन्ने त बताउँदैन । किनकि सेरो प्रिभ्यालेन्स सर्भेले देखिएको ६८.८ प्रतिशतमा एन्टिबडी कोरोना संक्रमण भएर वा भ्याक्सिन लगाएका कारण बनेको हुनसक्छ ।

तर संक्रमितको संख्या अनुमान गर्न सकिन्छ । सर्भेका क्रममा नमुना संकलन गरिएको अन्तिम दिन ३० साउनमा ४७ लाख बढी (दुवै डोज लगाउने ३४ लाख ९० हजार हजार ६५ र पहिलो डोज मात्र लगाउने १२ लाख २६ हजार ८७१)ले कोरोनाविरुद्धको खोप लगाएका थिए ।

यो संख्या घटाउने हो भने पनि डेढ करोडभन्दा बढी मानिसलाई कोरोना संक्रमण भएको देखिन्छ । जबकि सरकारी तथ्यांकमा आइतबार (१३ भदौसम्म) ८ लाख ४२ हजार १९३ जना मात्र संक्रमित भएको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?