+
+

नाडाका अध्यक्ष दुलाल र नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १९:०२

१३ भदौ, काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको प्रतिनिधि टोलीले नेपाल उद्योग परिसंघका नव निर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवालसँग भेट गरेको छ ।

नव निर्वाचित अध्यक्ष अग्रवालसँगको भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल भएको नाडाका महासचिव सुनिल रिजालले जानकारी दिए ।

भेटको क्रममा अध्यक्ष दुलालले दुई संस्थाहरु बीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजि क्षेत्रको सवालमा एकताबद्ध भएर अघि बढने र अन्य सम्भाव्य क्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनु पर्ने बताएका थिए । साथै सातै प्रदेशमा प्रदेशस्तरीय एसोसिएसनहरु स्थापना भइसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न शुरुवात भइसकेको उनले बताएका थिए ।

छलफलमा केन्द्रिय कार्य समिति सदस्य तथा विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापाले परिसंघसँग हातेमालो गरेर अघि बढनु पर्ने धारणा राखेका थिए । उनले विद्युतीय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरुबारे पनि आफ्नो धारणा राखेका थिए ।

परिसंघका अध्यक्ष अग्रवालले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकांश रुपमा अटोमोबाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोबाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए । उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसाय विस्तारका लागि पहल भइरहेको र यसबाट पुँजी निर्माणमा ठूलो सहयोग पुग्ने बताए ।

सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढने भन्ने विषयमा पहल भइरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?