+
+

चिकित्सा शिक्षा स्नातक तहको ‘म्याचिङ’ भोलिदेखि सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते ११:४७

१४ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहमा अध्ययनका लागि एकीकृत प्रवेश परीक्षामा नाम निकालेका विद्यार्थीलाई मंगलबार ((भोलि)देखि म्याचिङ सुरु गर्ने भएको छ ।

प्रवेश परीक्षामा प्राथमिकता क्रममा नाम निकालेका विद्यार्थीलाई भर्नामा प्राथमिकताका साथ शिक्षण संस्था र शैक्षिक कार्यक्रम छनौट गर्न आयोगले म्याचिङ प्रणाली सुरु गर्न लागेको हो ।

आयोगले म्याचिङ प्रणाली १५ भदौ बिहान १० बजे देखि सुरु गरी आगामी २० भदौसम्म जारी रहने बताएको छ । म्याचिङका लागि स्वदेशी तथा विदेशी विद्यार्थीका लागि विभिन्न मापदण्ड अघि सारिएको छ ।

यता नर्सिङ तथा प्यारामेडिक्स अध्ययन गराउने निजी कलेजहरुले कोटाभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण गराएको भन्दै आयोगलाई ताला चावी लगेर बुझाएको छ । उसले यथास्थितिमा विद्यार्थी भर्ना लिन नसक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?