Comments Add Comment

दुनियाँको खतरनाक वैज्ञानिक प्रयोग जहाँ एक अर्काको मासु खान थाले मान्छेहरु

संसारमा निरन्तर रुपमा कैयन् वैज्ञानिक अध्ययन, अनुसन्धान तथा प्रयोगहरु भैरहेका हुन्छन् । ती मध्ये कतिपय प्रयोगहरु निकै गोप्य तरिकाले गरिन्छन् । यस्तै खाले गोप्य वैज्ञानिक अनुसन्धान तथा प्रयोग सन् १९४० को दशकमा भएको थियो जसको भयानकताका बारेमा थाहा पाउँदा शरीर नै काँपेर आउँछ । उक्त प्रयोगलाई रसियन स्लिप एक्सपेरिमेन्टको नामले चिनिन्छ ।

सो अनुसन्धानका लागि जेलमा कैद गरिएका पाँचजना कैदीसँग सम्झौता गरिएको थियो । उक्त प्रयोगमा भाग लिने कैदीहरु प्रयोग सम्पन्न भैसकेपछि जेलमुक्त हुने सम्झौता थियो । प्रयोगका क्रममा उनीहरु ३० दिनसम्म नसुतिकनै बस्नुपर्ने थियो । जेलमुक्त हुने आसमा ती कैदीहरु एक महिनासम्म नसुति अनुसन्धानमा सहभागी हुन सहमत भए ।

त्यसपछि उनीहरुलाई एउटा साँघुरो कोठामा थुनियो र त्यहाँ एउटा ग्याँस पनि हालियो । उक्त ग्याँसले कैदीहरुको निद भगाउँदथ्यो । वैज्ञानिकहरुले त्यसबाट ती कैदीहरुमा पर्ने प्रभावको अध्ययन गर्न चाहेका थिए ।

सुरुवातमा त सबै ठिकठाक नै थियो । ती पाँच कैदीहरु एक अर्कासँग कुराकानी गरिरहन्थे । उनीहरुका कुराकानीलाई वैज्ञानिकहरुले रेकर्ड गरेका थिए भने एउटा काँचको खिड्कीबाट उनीहरुको क्रियाकलाप पनि निगरानी गरिएको थियो । सुरुको करीब एक हप्तासम्म उनीहरुको अवस्था ठिक रह्यो, तर त्यसपछि भने अवस्था बिग्रिन थाल्यो ।

कैदीहरुले विस्तारै एक अर्कासँग कुराकानी गर्न छाडे । उनीहरु बसीबसी आफैसँग के-के बोल्न थाले । यस्तैमा १० दिन बित्यो । जब ११ औँ दिन सुरु भयो एकजना कैदी जोरजोरसँग चिच्याउन थाल्यो । ऊ यति चर्कोगरी चिच्याइरहेको थियो कि उसको रुद्रघण्टी नै च्यातिएको थियो । अनौठो त के भने उसको त्यस्तो चिच्याहटले अन्य कैदीहरुलाई कुनैपनि प्रभाव पारेको थिएन ।

कैदीहरुको यस्तो अवस्था देखेपछि वैज्ञानिकहरुले उक्त अनुसन्धानलाई बन्द गर्ने निधो गरे । उनीहरुले १५ औँ दिनमा चाहीँ उक्त कोठामा निद्रा नलाग्ने ग्याँस हालेनन् । त्यसो गर्दा कैदीहरु सुत्नेछन् र उनीहरुमा अनिद्राका कारण देखिएको नकारात्मक असर निस्तेज हुनेछ भन्ने उनीहरुको अपेक्षा थियो । तर परिणाम आयो उल्टो । सबैजना कैदीहरु अचानक चिच्याउन थाले । हामीलाई बाहिर ननिकाल भन्दै चिच्याएर रोइकराई गर्न थाले । त्यसबीचमा एकजना कैदीको त त्यहीँ मृत्यु नै भयो ।

त्यहाँ कैदीहरुको अवस्था देख्दा वैज्ञानिकहरु नै त्रसित भए । कैदीहरुका कतिपय अंगहरुको त मासु नै हराएको थियो र हड्डीमात्र देखिन्थ्यो । कैदीहरुले एक अर्काको मासु खान थालेको जस्तो देखिन्थ्यो ।

कैदीहरुको त्यो हृदयविदारक अवस्था देख्दा वैज्ञानिकहरुले उनीहरु सबैलाई मारिदिने विचार गरे । त्यसका लागि उनीहरुले उक्त अनुसन्धान टिमका कमान्डरसँग कुराकानी गरे । तर कमान्डरले भने कैदीहरुलाई मार्न अस्वीकार गर्दै अनुसन्धानलाई जारी राख्नुपर्ने बताए । तर त्यहाँ त्यो प्रयोग अगाडि बढाउन सकिने अवस्था थिएन । अन्ततः ती सबै कैदीहरुलाई वैज्ञानिकहरुले विषालु पदार्थबाट मारिदिए । अनि उक्त प्रयोगसँग सम्बन्धित सबै प्रमाणलाई नष्ट गरे ।

यद्यपि यो घटनाका विषयमा हालसम्म आधिकारिक रुपमा कुनै दस्तावेज तथा तथ्यहरु फेला परेको छैन । कुनैपनि देशले मानवता विरोधी अपराधजन्य यो विषय स्वीकार गर्ने कुरा पनि भएन । तर सन् २०१० मा क्रिपिपास्टा डटकम नामक वेबसाइटमा यो सामाग्री पोष्ट गरिएको थियो, जुन सोसल मिडियामा निकै भाइरल बन्यो ।

कतिपय मानिसहरु यो घटना सत्य हुन सक्ने ठहर गर्दछन् । किनकी दोश्रो विश्वयुद्धका बेलामा जापान तथा पश्चिमा देशहरुमा समेत मानिसहरुमाथि खतरनाक खालका प्रयोगहरु भएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment