+
+

विद्युत सर्ट हुँदा कालीकोटको रास्कोटमा घर जलेर नष्ट

रासस रासस
२०७८ साउन २० गते १३:५१

२० साउन, मान्म । कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युतको तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार अपरान्ह ४ बजेतिर विद्युत सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खडाले जानकारी दिए । ‘घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो,’ उनले भने, ‘घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।’

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौं रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खडाले बताए । ‘घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन्,’ उनले भने । घर जलेर नष्ट भएपछि सहदेवको ६ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?