+
+
Shares

भत्काइँदै महाकविको घर, संग्रहालय बनाइने

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ साउन २१ गते १५:३९

२१ साउन, काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटा बसेको मैतीदेवीको घरलाई संग्रहालय निर्माणका लागि सरकारले तयारी थालेको छ । नयाँ  घर निर्माणका लागि सोमबारदेखि तीनतले पुरानो भवन भत्काउने काम शुरु गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले टेन्डर प्रकिया पूरा भई संग्रहालय बनाउने काम भइरहेको जानकारी दिएका छन् । नयाँ संग्रहालयको भवनको पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका सामग्री राखिने छ ।

यस्तै उनले सुत्नका लागि प्रयोग गरेको पलङ, लगाएका कपडा, प्रयोग गरेका भाँडाकुँडा, औजार पनि त्यही तलामा हुनेछन् । दोस्रो तलामा देवकोटाले लेखेका सबै सामग्री रहनेछन् भने प्रकाशित पुस्तक र अप्रकाशित पाण्डुलिपी पनि त्यहाँ राखिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

अहिलेको काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्जले चर्चेको जग्गा सरकारले २ करोड ५० लाखमा किनेपछि नेपाल प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेको थियो । धोबीधारामा जन्मेका देवकोटाले उक्त घर वि.सं १९९० आसपास खरिद गरेको थिए ।

हेर्नुहोस् तस्वीरहरू

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?