Comments Add Comment

धमाधम फिल्म साइन गर्दै कलाकार, तर अन्यौलमा छायांकन

यो साता मात्र नेपाली चलचित्रका ३ कलाकारले महंगो पारिश्रमिक लिएर चलचित्र साइन गरेको खबर सार्वजनिक भयो । नायक अनमोल केसीले मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको चलचित्र ‘एक्स ९’ साइन गरे । महंगो रकममा उनले यो चलचित्र साइन गरेको बताइन्छ । उसो त, अनमोलले होम प्रोडक्शनकै ३ वटा चलचित्रमा काम गर्ने चर्चा भएपनि ती चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पत्तो छैन ।

अनमोलपछि यो चलचित्रमा नायक सौगात मल्ल पनि अनुवन्धित भए । मुकुन्दसँग सौगातले चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’मा काम गरिसकेका छन् । यसैले, पनि मुकुन्द र सौगातको टिमअप बलियो मानिन्छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले कपिल रिजालले निर्देशन गर्न लागेको एक चलचित्र साइन गरेको खबर आयो । जबकी, साम्राज्ञीका २ चलचित्र पाइपलाइनमा नै छन् । ती, चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छन् पत्तो छैन । यो चलचित्र कलाकार जितु नेपालले पनि साइन गरेका छन् ।

पहिलो लकडाउन सकिएलगतै नेपाली चलचित्रका कलाकारले धमाधम चलचित्र साइन गरेका थिए । त्यसमा केही कलाकारले मात्र छायांकनमा जाने अवसर पाए । अरु, कलाकारले साइन गरेको कलमको मसी सुकिसकेको छ, तर काम सुरु हुन सकेको छैन ।

नायक राजेश हमाल र पल शाहले ‘सत्यम्’ नामक चलचित्र साइन गरेर बसेको ६ महिना बढी भैसक्यो । तर, यो चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ न त कलाकारलाई नै थाहा छ, न त निर्माणपक्षलाई नै । यस्तै, हालत अन्य केही कलाकार र निर्माताको पनि छ ।

चलचित्र ‘एक्सन ९’को छायांकन जनवरीबाट सुरु गर्ने तयारीमा मुकुन्द छन् । यस्तै, निर्देशक कपिल रिजाल आफ्नो चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारीमा छन् । सरकारले चलचित्र छायांकनका लागि अझै पनि अनुमती दिइसकेको छैन । अर्कोतिर, नेपालमा कोरोनाको तेश्रो लहर आउने आँकलन पनि गरिएको छ । यस्तो अवस्थामा, कलाकारहरु धमाधम चलचित्र छायांकन गर्ने, काम पनि सुरु कहिलेबाट हुने पत्तो नहुने हो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment