+
+
Shares

अफगानिस्तान युद्ध : तीन दिनमा कम्तीमा २७ बालबालिका मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १२:२९

२६ साउन, काठमाडौं । अफगानिस्तानमा पछिल्लो तीन दिनमा कम्तीमा २७ बालबालिका युद्धमा परी मारिएको संयुक्त राष्ट्रसंघले बताएको छ ।

राष्ट्रसंघको बालबालिका नियोग युनिसेफले पछिल्लो समय अफगानिस्तानको युद्धमा बालबालिकामाथिको हिंसा बढेको बताएको छ । युनिसेफका अनुसार पछिल्लो तीन दिनमा १३६ बालबालिकाहरु युद्धको कारण घाइते भएका छन् ।

युनिसेफ अफगानिस्तानका सम्नता मोर्टले पछिल्लो केही सातायता अफगानिस्तान बालबालिकाको लागि विश्वको सबैभन्दा खराब स्थानको रुपमा देखिएको बताएकी छिन् । युनिसेफले युद्धरत दुवै पक्षलाई बालबालिकाको संरक्षणको लागि आग्रह गरेको छ ।

तालिबानले पछिल्लो समय मुलुकका प्रमुख सहरलाई आफ्नो नियन्त्रणमा लिएको छ । गत शुक्रबारयता तालिबानले अफगानिस्तानका ६ ओटा प्रान्तीय राजधानीमा आफ्नो कब्जा जमाएको हो ।

तालिबानले युद्धविरामको लागि अन्तर्राष्ट्रिय समुदायले गरेको अपील अस्वीकार गर्दै आएको छ । पछिल्लो एक महिनामा अफगानिस्तानमा एक हजारभन्दा धेरै आम नागरिकको मृत्यु भइसकेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?