Comments Add Comment

संजयको फिल्ममा दीपिकाले मागिन् रणवीर बराबरको पारिश्रमिक

बलिउड चलचित्रका सफल निर्देशक संजयलिला भन्सालीको ‘रामलीला’ नामक चलचित्रबाट नै नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम सुरु भएको थियो । यो जोडीले संजयका हिट चलचित्रमा एकसाथ काम पनि गरेको छ ।

अब, उनै संजय ‘बैजू वावरा’ बनाउने तयारीमा छन् । यो चलचित्रका लागि नायक रणवीर सिंह फाइनल भैसकेका छन् ।

भारतीय मिडियाका अनुसार, चलचित्रका लागि नायिकाको रुपमा दीपिका पादुकोणलाई अफर गरिएको थियो । तर, दीपिकाले रणवीर बराबरको पारिश्रमिक माग गरेकी छिन् । दीपिकाले रणवीर बराबरको पारिश्रमिक माग गरेपछि उनी यो प्रोजेक्टबाट बाहिरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

दीपिका बलिउडकी सफल नायिका हुन् । तर, निर्माणपक्ष उनलाई रणवीर बराबरको पारिश्रमिक दिन तयार छैन । यसैले, पनि उनी अब यो चलचित्रमा नरहने रिपोर्टमा उल्लेख छ । तर, यो बिषयमा चलचित्रको निर्माणपक्षले भने केही पनि प्रतिक्रिया दिएको छैन । दीपिका बाहिरिएपछि अब चलचित्रमा नायिका को होलिन् भन्ने चासो पनि दर्शकले व्यक्त गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment