Comments Add Comment

भारतका हलमा छैनन् दर्शक, सिंगल स्क्रिन संकटमा

महाराष्ट्र, तमिलनाडु र केरलबाहेक भारतका अधिकांश राज्यका मल्टिप्लेक्स जुलाई ३० बाट खुलेका छन् । अधिकांश राज्यका सरकारले ५० प्रतिशत अकुपेन्सीमा हल खोल्न अनुमती दिइसकेका छन् । तर, नयाँ चलचित्र रिलिज हुन नसक्दा हलमा दर्शकको उपस्थिती न्यून छ । अधिकांश मल्टिप्लेक्समा ५ देखि १० प्रतिशत मात्र दर्शक उपस्थित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

नयाँ चलचित्र रिलिज हुन नसक्दा भारतका धेरै मल्टिप्लेक्स संचालनमा आउन सकेका छैन । अझ, यो भन्दा खराब अवस्था सिंगल स्क्रिनको छ । जबसम्म, महंगो बजेटका चलचित्रहरु रिलिज हुँदैनन् तबसम्म हलको व्यापार पुरानै अवस्थामा फर्किने संभावना छैन ।

भारतमा देशभर ९ हजार ६ सय स्क्रिन छन् । जसमा ६ हजार भन्दा बढी सिंगल स्क्रिन छन् । भारतका अधिकांश उद्योगमा काम सुरु भएपनि थिएटरको काम भने सुरु हुन सकेको छैन । भारतमा पनि कोरोनाको तेश्रो लहरको चर्चा भैरहेकाले हलहरु पुरानै अवस्थामा फर्किन अझै समय लाग्ने देखिन्छ ।

केही हलिउड चलचित्र मल्टिप्लेक्स हलमा रिलिज भएका छन् । तर, ती चलचित्रले पनि दर्शकको साथ पाउन सकेनन् । सिंगल स्क्रिनमा हलिउड चलचित्र रिलिज हुँदैनन् । यसैले, सिंगल स्क्रिनका लागि साहरुख खान, सलमान खान, आमिर खान, अक्षय कुमार लगायतका स्टारकै चलचित्र रिलिज हुनुपर्छ ।

हलमा दर्शक नआउनुको कारण नयाँ चलचित्र नहुनु, अझै पनि २ घन्टा भन्दा बढी हलमा बसेर चलचित्र हेर्न दर्शक डराउनु, दर्शकको टिकट खरिद गर्न सक्ने क्षमतामा कमी आउनु, ओटीटीमा नयाँ–नयाँ चलचित्र रिलिज हुनुलाई मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment