+
+

प्रतिष्ठित उद्यमी श्याम सुन्दरलाल कक्षपतिको निधन

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २५ गते २२:०९

२५ साउन, काठमाडौं । नेपालका प्रतिष्ठित उद्यमी तथा रेस्टुरेन्ट व्यवसायी श्याम सुन्दरलाल कक्षपतिको निधन भएको छ । लामो समयदेखि मुखको क्यान्सरबाट पीडित कक्षपतिको उपचारका क्रममा  निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)का अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।

राजभण्डारीका अनुसार नेपालमा रेस्टुरेन्ट तथा क्याफे कल्चर विकास गर्न कक्षपतिको विशिष्ट योगदान रहेको छ । कक्षपति रेबानका संस्थापक अध्यक्ष तथा होटल संघ नेपाल (हान)का पूर्व अध्यक्ष हुन् ।

लामो समय भारतमा उपचार गराए पनि निको नभएपछि केही समय उनलाई थाइल्यान्ड लगिएको थियो । उनी देशभर सञ्जाल फैलिएको नाङ्लो बेकरी र डि बेकरी क्याफेका संस्थापक पनि हुन् ।  उनको चितवनमा रिभरसाइड रिसोर्ट समेत सञ्चालनमा छ ।

कोरोनाका कारण हालै बन्द घोषणा गरेको शुभतारा स्कूलका समेत उनी सञ्चालक हुन् । नेपालमा ब्युटी प्याजेन्ट शुरू गर्न पनि उनको महत्वपूर्ण योगदान छ ।

उनको निधनले नेपालको आतिथ्य र शैक्षिक क्षेत्रले ठूलो क्षति बेहोरेको हानका कार्यसमिति सदस्य युवराज श्रेष्ठले बताए । कक्षपतिका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?