+
+
Shares

सिंगापुर पठाइदिने भनी साढे एक करोड ठगी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १३:३७

२६ साउन, काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ का ३९ वर्षीय दीपबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

रकम लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ जनाएको छ ।

धादिङ थाक्रे गाउँपालिका-८ का ४२ वर्षीय निमा लामाले काठमाडौं महानगरपालिका-५ हाडीगाउँमा संचालन गरेको कन्सलटेन्सीबाट करिब ७८ जनाबाट सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेसलगायतका लागि भन्दै रकम असुलेको आरोप छ ।

ठगीमा संलग्न कम्पनीका संचालकसहित अन्य चार जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?