News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढी पीडितका लागि नेपालिज सोसाइटी सिंगापुरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १७ लाख ११ हजार ५८५ रुपैयाँ ५७ पैसा जम्मा गरेको छ।
- संस्थाले सदस्य र शुभेच्छुकबाट १४ हजार ४८९ सिंगापुर डलर संकलन गरेर पहिलो चरणको सहयोग हस्तान्तरण गरेको जनाएको छ।
- अध्यक्ष इन्द्र गुरुङले तत्काल राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा सहयोग आवश्यक रहेको बताए।
२५ भदौ, काठमाडौं । भोटेकोशी बाढी पीडितका लागि सिंगापुरस्थित नेपाली समुदायले १७ लाख भन्दा बढी सहयोग गरेका छन् ।
नेपालिज सोसाइटी सिंगापुरले सञ्चालन गरेको सहयोग अभियानमार्फत पहिलो चरणमा १७ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ।
सोसाइटीका सदस्य तथा शुभेच्छुकबीच सञ्चालन गरिएको निजी सहयोग संकलन अभियानबाट हालसम्म १४ हजार ४८९ सिंगापुर डलर संकलन भएको थियो। सो रकममध्ये नेपाली रुपैयाँ १७ लाख ११ हजार ५८५ रुपैयाँ ५७ पैसा बराबरको रकम नबिल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गत ३ सेप्टेम्बरमा जम्मा गरिएको हो।
२ सेप्टेम्बरपछि प्राप्त भएका सहयोग रकम संकलन तथा समायोजन भइरहेको र आगामी चरणमा राहत कोषमा हस्तान्तरण गरिने संस्थाले जनाएको छ। सोसाइटीले
विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गरेको छ ।
अध्यक्ष इन्द्र गुरुङले तत्काल राहतसँगै प्रभावित क्षेत्रको दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको बताए।
प्रतिक्रिया 4