Comments Add Comment

दक्षिण कोरिया र अमेरिकाले सैन्य अभ्यासको मूल्य चुकाउनुपर्ने उत्तर कोरियाको चेतावनी

२७ साउन, काठमाडौं । अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको मूल्य चुकाउनुपर्ने उत्तर कोरियाले चेतावनी दिएको छ । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी तथा उत्तर कोरियाकी वरिष्ठ सरकारी अधिकारी किम यो जोङले मंगलबार उक्त चेतावनी दिएकी हुन् ।

अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यास उनीहरु आफ्नैलागि घातक हुने किम यो जोङको भनाइ छ । उनले सैन्य अभ्यासले उत्तर कोरियाका नागरिकको सुरक्षामा असर परेको र यसले कोरियाली प्रायद्वीपमा सुरक्षा संकट निम्त्याउन सक्ने बताएकी छिन् ।

यसअघि पनि उत्तर कोरियाले अमेरिकार दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै आएको थियो । उत्तर कोरियाले यस्तो चेतावनी दिएपछि नियमित हुने गरेको अन्तर कोरियाली हटलाइन कलको पनि उत्तर कोरियाले जवाफ दिएको छैन । लामो समयसम्म रोकिएको दुई मुलुकबीचको हटलाइन सेवा केही समयअघि मात्र सुरु भएको थियो । उनीहरुबीच दिनमा दुईपटक उनीहरुबीच वार्ता हुने गरेको छ ।

मंगलबार दक्षिण कोरिया र अमेरिकी सेनाबीच वार्षिक सैन्य अभ्यासको लागि प्रारम्भिक अभ्यास सुरु भएको थियो । आगामी साता ठूलो सैन्य अभ्यासको तयारी गरिएको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले भने उत्तर कोरियाले चालेको कदमबारे जानकारी लिएर मात्र निष्कर्षमा पुग्ने बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment