Comments Add Comment

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु गरिएको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ । कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो । यसपटकको नारा, ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् । २ साता अडिसनका लागि समय दिइएको छ ।

यसपटकको सिजनलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्दैछन् । यसअघिका ३ श्रृङ्खलाको निर्देशन अमनप्रताप अधिकारीले गरेका थिए । पत्रकार सम्मेलनमा निर्देशक सुनुवारले नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित गरेर रोचक बनाउने बताए । यो शोलाई साहसी खेल समेत मानिन्छ ।

यो सिजनमा पनि गतबर्षको जस्तै अनुप विक्रम शाही, दिया मास्के, आशिष राना र समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा रहनेछन् । कार्यक्रमको संचालन रमेनदास श्रेष्ठले गर्नेछन् ।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले कोरोना महामारीबाट बचेर यो शोलाई अगाडि बढाउने जानकारी दिए । निर्देशक सुनुवारले साहसी खेलको रुपमा चिनिएको लोकप्रिय रियालिटी शोमा जोडिन पाउँदा खुशी लागेको बताए ।

असोजबाट यो शोलाई प्रशारण गर्ने तयारी टेलिभिजनले गरेको छ । हिमालय टेलिभिजनले केही दिन अगाडि मात्र ‘द भ्वाइस अफ नेपाल ३’ भव्यताका साथ सम्पन्न गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment