Comments Add Comment

पोखरामा अस्पताल डिस्चार्जपछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा

पोखरामै पहिलोपटक अस्पताल डिस्चार्ज पछिका बिरामीलाई रेसिडेन्सियल तथा डे केयर सेवा प्रदान गर्ने उद्देश्यले ‘फेवा केयर होम प्रालि’को स्थापना भएको छ । पोखराका बिभिन्न अस्पतामा कार्यरत बिशेषज्ञ चिकित्सकहरु, २ दशक बढि नर्सिङ्ग सेवामा काम गर्नुभएकी मेट्रोन, अनुभवी फिजियोथेरापिस्ट, स्वास्थ्य क्षेत्रमा दशकौं लामो समय काम गर्नुभएका स्वास्थ्य ब्यवसायी, खाना तथा पोषण बिज्ञ लगायतकोे संयुक्त पहलमा केयर होमको स्थापना गरिएको हो ।

विशेषगरी अस्पताल डिस्चार्ज पछिका बिरामीहरु जसलाई अस्पतालमै भर्ना गरीराख्न पनि आवश्यक छैन र घरमा स्याहार तथा हेरचाहको लागि जटिलता र जोखिम छ त्यस्ता खालका बिरामीहरुलाई यस सेन्टरमा राख्ने गरीन्छ ।

त्यसका साथै टाढा–टाढा बाट उपचारका लागि पोखरामा आउने बिरामीहरु जसलाई उपचार पश्चात नियमित फलोअपमा अस्पताल गईराख्नुपर्ने हुन्छ, त्यस्ता बिरामीहरु आउजाउ गरिराख्न खर्च, समय र जोखिम बढी हुने हुदाँ त्यस्ता खालका बिरामीहरुलाई मध्यनजर गर्दै आवासीय स्वास्थ्य सेवा समेत प्रवन्ध गर्न समेत यस संस्थालाई अगाडि बढाइएको प्रालिले जानकारी दिएको छ ।

अस्पताल डिस्चार्ज पछि पनि कतिपय बिरामीहरुको अवस्था नाजुक हुने र त्यस्ता बिरामीहरुलाई घरमा लैजाँदा अवस्था अझ बिग्रन सक्ने हुदाँ बिरामीको अवस्था सामान्य हुदाँसम्मको लागि यस सेन्टरमा राख्न सकिन्छ । बिशेषगरी अक्सिजन दिईराख्नुपर्ने, ट्रयाकेस्टोमि, बेड शोर,सेरिब्रल पालेसी, नियमित फिजियोथेरापि चाहिने बिरामीहरुले यस सेन्टरमा सेवा लिन सक्नेछन ।

प्रालिले जानकारी दिएअनुसार डाक्टरको निगरानीमा २४ सै घण्टा नर्शिङ्ग केयर, कुरुवा बस्न नपर्ने गरी २४सैं घण्टा केयरगिभर सेवा, फिजियोथेरापि, ल्याब, खाना तथा बस्ने सुविधा, सम्पूर्ण ब्यक्तिगत सरसफाई तथा स्याहार सेवा, दैनिक डाक्टर हेरचाह लगायतको सेवाहरु प्रदान गर्दछ ।

यी सम्पूर्ण सेवाहरु घरमै लिदाँ बिरामीलाई निकै ठुलो आर्थिक भार पर्ने, जोखिम हुने , बिरामीका आफन्तहरुलाई डर तथा शास्ति हुने हुदाँ आर्थिक, सुरक्षा र सहजताका हिसाबले पनि यस संस्था बिरामीहरुको लागि उपयोगि हुने संस्थाका मेडिकल डाइरेक्टर सुदिप रेग्मीले बताउँछन् । टाढा–टाढा बाट उपचारका लागि आउने बिरामीहरु अझ नियमित फलोअपमा आईराख्नुपर्ने बिरामीहरुले निकै सास्ती पाइराखेका छन्।

कतिपय अप्रेसन गरेका बिरामीहरु टाढा–टाढाबाट आईजाई गर्दा असह्य पिडा हुने, राम्रो हेरचाह नहुदाँ अप्रेसन गरेको ठाँउमा थप ईन्फेक्सन भई अवस्था थप जटिल बनेका प्रशस्त उदाहरणहरु छन । यस्ता खालका बिरामीहरुलाई यस केयरहोम निकैनै उपयोगी हुनेमा आफुहरु विश्वस्त रहेको सर्जन डा. कोबिद नेपालले बताउँछन् ।

सेवाहरु बाहेक यस केयरहोममा पक्षघात भई पूर्ण तथा आंशिक रुपमा शरीर नचल्ने (प्यारालाईसिस), ज्येष्ठ नागरीक, डिमेन्सिया, पार्केन्सन, बालबालिकाहरुमा हुने अटिजम, अपाङ्गता, स्पोर्ट ईन्जुरी, न्यूरो पूर्नस्थापना,पोष्ट ट्रमा पूर्नस्थापना सेवा लयायत शारीरीक तथा मानशिक दुर्बलता भएका जुनसुकै उमेर समुहका बिरामीहरुले सेवा लिन सक्नेछन् । साथै यस फेवा केयरहोमले फिजियोथेरापि सहितको डे केयर सेवा समेत संचालन गरेको छ ।

जसरी हामी हाम्रा बाल बच्चाहरुलाई मन्टेश्वरीहरुमा डे केयरको रुपमा लैजान्छौ त्यसैगरी हाम्रा परिवारका सदस्य जसलाई कसैको सहयोग आवश्यक पर्दछ वा बिभिन्न स्वास्थ्य समस्याको कारण निगरानि गरिराख्नुपर्ने हुन्छ त्यस्ता खालका बिरामीहरुलाई डे केयरको रुपमा यस केयर होममा राख्न सकिने फिजियोथेरापिस्ट शुभ कोइराला बताउँछन् ।

उनका अनुसार अहिले घरका परिवारहरु आफनो कामले गर्दा दिनभर कार्यक्षेत्रमै खटिनुपर्ने हुन्छ जसले गर्दा घरमा अरुको स्याहारमा बस्नुभएका सदस्यहरुले राम्रो स्याहार नपाउने, समयमा औषधि नखाने, दिनभर घरमा एक्लै बस्दा मानशिक रुपमा समेत बिभिन्न समस्याहरु देखा पर्ने, शारीरीक कृयाकलापहरुमा कमि हुन गई शरीर शिथिल हुने तथा हिडडुल सम्म गर्न गाहे हुने जस्ता समस्या देखिएका छन्, त्यस्ता समस्याहरुलाई न्यूनीकरण गर्न फिजियोथेरापि, बिभिन्न मनोरञ्जनात्मक कृयाकलाप र स्वास्थ्यकर्मिहरुको हेरचाह सहितको यस डे केयर निकैनै प्रभावकारी हुने उनको भनाइ छ ।

यस फेवा केयर होम अरोगिन केयर होम काठमाण्डौको प्राबिधिक सहयोगमा स्थापना भएको संस्था हो जसले काठमाण्डौंमा बिगत ६ बर्षदेखि केयरहोम संचालन गरी नेपालकै उत्कृष्ट केयरहोमको रुपमा आफुलाई अब्बल साबित गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment