Comments Add Comment

पाकिस्तानको कराँचीमा बम आक्रमण, १३ जनाको मृत्यु

३१ साउन, काठमाडौं । पाकिस्तानको कराँची शहरको बाहिरी क्षेत्रमा भएको ग्रिनेड आक्रमणमा १३ जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त आक्रमणमा अन्य धेरै मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तान प्रहरीले अहिलेसम्म यो आक्रमणमा कसको हात रहेको छ भन्ने नखुलेको बताएको छ । पाकिस्तान प्रहरीका एआईजी इमरान याकूबले भनेका छन्, ‘यो पारिवारिक कारणले घटाइएको घटना हो वा आतंकवादी आक्रमण हो भन्ने हामीले जान्न प्रयास गरिरहेका छौं । यद्यपि हामीसँग ठोस प्रमाण नहुँदासम्म अन्तिम निष्कर्षमा पुग्न भने सकिँदैन । अहिलेको अवस्थामा केही पनि भन्नु प्रारम्भिक आँकलन मात्र हुन्छ ।’

पाकिस्तानको आतंकवाद नियन्त्रण विभाग (सीटीडी)का एक वरिष्ठ अधिकारीका अनुसार आक्रमणकारीहरु मोटरसाइकलमा चढेर आएका थिए र उनीहरुले ट्रकमा ग्रिनेड आक्रमण गरेका हुन् ।

सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अलि शाहले यो घटनामा परेका मानिसहरुको उद्धार तथा उपचारको लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकेका छन् । उनले यो घटनामा दुःख पनि व्यक्त गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment