+
+

मेडिकल काउन्सिलद्वारा तीनसदस्‍य निर्वाचन समिति गठन

नेपाल मेडिकल काउन्सिलले २०७८ देखि २०८२ सम्मका लागि तीन सदस्‍यीय निर्वाचन समिति गठन गरेको छ । जसमा डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत र डा. मधुसुदन पुन र डा. मनोज हुमागाई निर्वाचन अधिकृत रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १८:२६

१६ भदौ, काठमाडौं। नेपाल मेडिकल काउन्सिलले २०७८ देखि २०८२ सम्मका लागि तीन सदस्‍यीय निर्वाचन समिति गठन गरेको छ । जसमा डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत र डा. मधुसुदन पुन र डा. मनोज हुमागाई निर्वाचन अधिकृत रहेका छन् ।

नेपाल मेडिकल काउन्सि ऐन २०२० अनुसार काउन्सिलको एक जा उपाध्यक्ष र आठ जना सदस्य निर्वाचनद्वारा चयन गर्ने व्यवस्था छ ।  २०७४ सालमा निर्वाचित पदाधिकारीको पदावधि असोज ५ गते सकिँदैछ । त्यसपछि ४ वर्षका लागि नयाँ पदाधिकारी चयन हुनेछन् ।

काउन्सिलको उपाध्यक्ष पदका लागि १५ वर्ष र सदस्यका लागि ५ वर्ष अनुभव भएको दर्तावाल चिकित्सक हुनुपर्नेछ । काउन्सिलको उपाध्यक्ष र सदस्य चयनका लागि दर्तावाल सबै चिकित्सकले मतदान गर्न पाउनेछन् ।

हेर्नुहोस् काउन्सिलको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?