+
+

मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १७:३१

१८ मंसिर, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. चोपलाल भुसाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को १३ मंसिरको बैठकले डा. भुसाललाई चारवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

यसअघिका काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल १८ कात्तिकदेखि सकिएपछि भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो ।

नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका डा. भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशको राजदूत बनाएको थियो । उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्ष समेत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?