+
+

सुदूरपश्चिममा सवारी दुर्घटना : पाँच वर्षमा ८ सय जनाभन्दा बढीको मृत्यु

रामहरि ओझा रामहरि ओझा
२०७८ भदौ १८ गते १२:२८

१८ भदौ, डोटी । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अवधिमा ८५१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । पाँच वर्षको अवधिमा एक हजार ४२९ सवारी दुर्घटना भएका छन् । उक्त अवधिमा दुर्घटनामा परी एक हजार ९६० जना गम्भीर घाइते भए ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले दिएको जानकारी अनुसार सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा ६०९ जना पुरुष, १५१ जना महिला र ९१ जना बालबालिका रहेका छन् । आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी २२३ जनाले ज्यान गुमाएका छन् । यस वर्ष १४२ पुरुष, ४७ महिला र ३४ बालबालिकाको दुर्घटनामा मृत्यु भएको छ ।

उक्त आर्थिक वर्षमा २३४ वटा सवारी दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । चालकको लापरवाहीबाट १६६, तीव्र गतिमा सवारी हाँकेका कारण ३८, यात्रुको गल्तीका कारण १०, यान्त्रिक समस्याका कारण नौ र मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण एउटा दुर्घटना भएको छ । यस्तै उक्त अवधिमा चार सय ३४ जना  सवारी दुर्घटनामा परी घाइते भए ।

गत आर्थिक वर्ष २०७७/७८) मा पाँच सय ६२ सवारी दुर्घटना हुँदा सात सय ८४ सवारी साधनहरु प्रभावित भएका छन् । दुर्घटनामा १८७ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा एक सय ४६ पुरुष, ३० महिला र ११ बालबालिका रहेका छन् । गत आवमा सवारी दुर्घटनाका कारण १७ पशुचौपायाको पनि मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २८५ सवारी दुर्घटना हुँदा ३८६ सवारी साधनहरु प्रभावित भए । उक्त वर्षमा १०८ पुरुष, २० महिला र २३ बालबालिका गरी १४३ जनाले ज्यान गुमाउनु प¥यो । उक्त वर्ष २५४ जना गम्भीर घाइते भएका छन् भने दुर्घटनामा परी सात पशु चौपायाको समेत मृत्यु भएको छ ।

आव २०७४/७५ मा १६६ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । ज्यान गुमाउनेहरुमा ११३ पुरुष, ३६ महिला र १७ बालबालिकाहरु रहेका छन् । उक्त वर्ष १६४ सवारी दुर्घटना हुँदा २१९ सवारी साधन प्रभावित भएका थिए । उक्त वर्ष सवारी दुर्घटनामा परी घाइते हुनेको संख्या ३३८ रहेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा भएका १८४ दुर्घटनाबाट २५४ सवारी साधन प्रभावित भएका छन् । दुर्घटनामा परी १३२ जनाले ज्यान गुमाए  । जसमा पुरुष एक सय, महिला १८ र बालबालिका १४ रहेका छन् । उक्त वर्ष ३४७ जना सवारी दुर्घटनामा परी घाइते भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?