+
+

अफगानिस्तानबाट हालसम्म ८६० जना नेपालीको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते २०:०६
फाइल तस्वीर

१८ भदौ, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ८६० जना नेपाली उद्धार भएर स्वदेश फर्किएका छन् । बिहीबार राति दुई र शुक्रबार थप एक जना नेपाली काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका अन्य नेपालीलाई पनि स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले बताएको छ ।

नेपाल आइपुगेकाहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार प्रक्रिया पूरा गरी व्यवस्थापन गरिएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको सिचुएसन रुम र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?