+
+

जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावक रहने व्यवस्था गर्नुपर्छ : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते ९:५६
फाइल तस्वीर

२० भदौ, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनताका छोराछोरीले शासन गर्ने र राजसंस्था अभिभावकको रुपमा रहने गरी शासन प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ प्रदेश (ख) को पार्टी कार्यालयको मनहरीमा उदघाटन गर्दै थापाले सो कुरा बताएका हुन् ।

महालेखा परीक्षकको प्रतिवेदनले मुलुकमा ब्रम्हलुटको अवस्था देखाएको भन्दै थापाले अहिलेको शासन प्रणाली मुलुकको लागि अनावश्यक बोझ भएको बताए ।

धर्मनिरपेक्षता र संघीयता खारेज गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने उनको प्रस्ताव छ । करोडौं खर्च गरेर चुनाव जित्नेहरुको ध्याउन्न कमाउनेतर्फ केन्द्रित हुने भन्दै थापाले राजनीतिलाई कमाइखाने माध्यम बनाउन दिन नहुने बताए ।

दार्चुलाका जय सिंह धामीलाई न्याय दिने बिषयमा सरकार कमजोर देखिनु आपत्तिजनक भएको पनि थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?