+
+

‘ग्रीन बर्ड’मा सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते ११:२८

चलचित्र ‘ग्रीन बर्ड’को छायांकन आउँदो साताबाट सुरु हुने भएको छ । योे चलचित्रलाई चितवन र नवलपरासीमा खिचिने निर्माणपक्षले बताएको छ । यो चलचित्रमा नायिका सुरक्षा पन्त मुख्य भूमिकामा देखिदैछिन् । साथमा, यो चलचित्रमा कमलमणी नेपाल र अफरान अलीकोे पनि मुख्य भूमिका रहनेछ ।

यो चलचित्रलाई प्रमोद कँडेलले निर्देशन गर्दैछन् । प्रमोदको यो डेब्यू चलचित्र हो । भदौ २५ गतेबाट चलचित्रको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले परिवार र समाजको परिधी भन्दा बाहिर गएर स्वतन्त्र तरिकाले जीवन जिउन चाहने एक यूवतीको संघर्षको कथालाई पर्दामा देखाउनेछ । प्रमोेदकै कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन, अन्जय खड्काकोे सम्पादन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?