+
+

हिमाल आरोहण व्यवस्थापनका लागि तोकिए ७७ सम्पर्क अधिकृत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १४:३५
फाइल तस्वीर

१४ वैशाख, काठमाडौं । यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभन्नि हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ ।

पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय र अन्तर्गतका निकायबाट कुल ४८ जना कर्मचारीलाई सम्पर्क अधिकृतका रूपमा खटाएको छ ।

यसरी खटाइएका सम्पर्क अधिकृतहरु आफ्नो आरोहण टीमका साथ हिमालको आधार शिविरसम्म पुग्नु पर्छ ।

आरोहण सम्पन्न नभएसम्म उनीहरू सोही शिविरमा बसेर सरकारी प्रतिनिधिका रुपमा आरोहण व्यवस्थापनमा सहयोग गर्नुपर्ने दायित्व छ ।

यस पटक सरकारले सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय प्रमुखका रुपमा नापी विभागका खिमलाल गौतमलाई खटाएको छ ।

विभागले शुक्रबार उपलब्ध गराएको विवरण अनुसार यसरी सम्पर्क अधिकृतका रुपमा नियुक्त गरिएकामध्ये कतिपय अझै फिल्डमा खटिएका छैनन् ।

पर्यटन मन्त्रालयभन्दा बाहेकका निकायबाट खटाइएका धेरै जसो कर्मचारी फिल्डमा नपुगेको विभागको विवरणमा उल्लेख छ ।

विभागको पछिल्लो तथ्यांक अनुसार यस सिजनका लागि २७ वटा हिमालमा ९४ टोलीका ८५९ जनाले आरोहण अनुमति लिएका छन् ।

जसमध्ये सबैभन्दा धेरै सगरमाथामा ३६ टोलीका ३८८ जनाले आरोहण अनुमति लिएको विभागले जनाएको छ । यी आरोहीहरुको आरोहण व्यवस्थापनमा सहयोग गर्न र गतिविधिहरूको निगरानी गर्न सम्पर्क अधिकृतहरू खटाइएको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?