+
+
Shares

यी हुन् आगामी दुई वर्ष नि:शुल्क चढ्न पाइने हिमाल (सूचीसहित)

सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ११:४०
गुराँसेडाँडाबाट देखिएको सैपाल हिमाल । फाइल फोटो

३० साउन, काठमाडौं । नेपाल सरकारले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गरेको छ ।

केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको हो ।

१८ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण नि:शुल्क बनाउने निर्णय गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीनवटा सात हजार मिटरभन्दा अग्ला छन् ।  यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।

नि:शुल्क खुला गरिएका हिमालहरुको सूचीमा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानी, सैपाल, कान्ति कान्जिरोवा नर्थ, पुथा वेस्ट लगायत छन् ।

हेर्नुहोस् आरोहण नि:शुल्क गरिएका ९७ हिमालको सूची–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?