+
+
Shares

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजंघा हिमाल आरोहण

नेपाली सेनाका सेनानी गजेन्द्र देउवा र भारतीय सेनाका कर्नल सर्फराज सिंह नेतृत्वमा १५ जनाले हिमालको आरोहण गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले ७ जेठमा कञ्चनजंघा हिमालको आरोहण गरेको छ।
  • नेपाली सेनाका गजेन्द्र देउवा र भारतीय सेनाका सर्फराज सिंह नेतृत्वमा १५ जना आरोहण टोलीले हिमाल चढेको हो।
  • सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले बताए अनुसार, यसअघि सगरमाथामा समेत संयुक्त आरोहण भएको थियो।

७ जेठ, काठमाडौं । नेपाली सेना र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजंघा हिमालको सफल आरोहण गरेको छ ।

नेपाली सेनाका सेनानी गजेन्द्र देउवा र भारतीय सेनाका कर्नल सर्फराज सिंह नेतृत्वमा १५ जनाले हिमालको आरोहण गरेका हुन् ।

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार, आरोहण टोलीमा नेपाली सेनाका १० र भारतीय सेनाका ५ अधिकारी थिए ।

नेपाली सेनाले यसअघि सर्वोच्च शिखर सगरमाथामा समेत भारतीय सेनासँग संयुक्त आरोहण गरेको थियो । सेनाले सगरमाथासहितका हिमालमा केही वर्षयता सरसफाइ अभियान समेत चलाउँदै आएको थियो ।

तर, यसपटक बजेट अभावका कारण अभियान चलेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?