+
+

मामा गोविन्दासँग ‘कपिल शर्मा शो’मा स्टेज शेयर गर्न कृष्णाले मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १३:१३

भारतीय नायक गोविन्दा र उनका भाञ्जा कृष्णा अभिषेक विचको खटपट सकिने संभावना अझै देखिएको छैन । ३ बर्षदेखि चलिरहेको यी दुइविचको शितयुद्ध अगाडि बढिरहेको छ । यसैविच, कृष्णाले कमेडी शो ‘द कपिल शर्मा’को नयाँ भाग छायांकन गर्न अस्विकार गरेका छन् । नयाँ भागमा गोविन्दा र उनको पत्नी सुनिता आहुजा सेलिब्रिटी गेष्टको रुपमा उपस्थित हुँदैछन् । यो शोमा सहभागी नहुने कृष्णाले निर्णय गरेका छन् । गतबर्ष नोभेम्बरमा पनि गोविन्दा र सुनिता शोमा सहभागी हुँदा कृष्णाले प्रस्तुति दिन अस्विकार गरेका थिए ।

कृष्णाले भारतीय मिडियासँग भने–‘म १५ दिनदेखि मेरो चलचित्र र कपिल शर्मा शोका लागि समय मिलाइरहेको छ । यसैले, म रायपुर र मुम्बइमा रहेर काम गरिरहेको छु । म सधै नै शोका लागि समय मिलाउने गर्छु । तर, जब शोमा गोविन्दा र सुनिता अतिथीको रुपमा उपस्थित हुँदैछन् भन्ने मैले थाहा पाएँ, यसपछि मैले प्रस्तुति दिन अस्विकार गरेको हुँ । मलाई लाग्छ कि हामी दुइले स्टेज शेयर गर्न हुँदैन ।’

कृष्णाले आफू फेरि विवादमा पर्न नचाहेको पनि बताएका छन् । उनले भनेका छन्–‘जब गोविन्दा कार्यक्रममा आउनेछन् । दर्शकले उनी र मविच कुनै न कुनै कटाक्ष सुन्न चाहनेछन् । यसकारण, राम्रो उपाय यो हुनेछ कि म स्टेजबाट टाढा बस्नेछु ।’

कृष्णाले आफूहरुविचको शितयुद्ध अझै नसकिएको पनि बताएका छन् । कृष्णाले कपिलले गोविन्दालाई कार्यक्रममा बोलाउनु गलत नभएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?