+
+

रौतहटमा गुञ्जिए बलिउड अभिनेता गोविन्दा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १७:०५

काठमाडौं । बलिउड अभिनेता गोविन्दाले शुक्रबार रौतहटको मौलापुर नगरपालिकामा आयोजित मधानी महोत्सवमा संगीत तथा नृत्य प्रस्तुति दिएका छन् । सीमावर्ती विहारको पटना हुँदै नेपाल आएका उनले महोत्सवमा मनोरञ्जन प्रदान गरे ।

नगरपालिकालाई विश्व सम्पदा स्थलको रुपमा विकास गर्ने उद्देश्यले आयोजित उक्त महोत्सवमा गोविन्दा विशेष पाहुनाका रुपमा सहभागी थिए । उनले त्यहाँ आफू अभिनित चर्चित बलिउड फिल्मका गीत गाए, नाचे र संस्कृतका श्लोक पनि पाठ गरे ।

पानी, बिजुली र जमिनको कर नलिने, स्कुल जाने किशोरीलाई साइकल र ल्यापटप दिने तथा विवाहमा केटीलाई आर्थिक सहायता प्रदान गर्ने नगरपालिकाको कामको गोविन्दाले प्रशंसा गरे । उनले नगरप्रमुख रीनाकुमारी साहलाई उक्त अवसरमा यो जनमुखी कार्यका लागि बधाई तथा शुभकामना समेत दिए । दुई हजार वर्ष पुरानो मानिने मधानीलाई विश्व सम्पदाको रुपमा विकास गर्ने कार्यमा आफूले सघाउने वचन सेत गोविन्दाले दिए ।

उक्त महोत्सवमा अभिनेता पल शाह, भोजपुरी अभिनेत्री नीलम गिरी र गायक प्रेम परियारले पनि प्रस्तुति दिए । महोत्सवलाई दिनेश डीसीले होस्ट गरेका थिए । डीसीका अनुसार गोविन्दाले उक्त अवसरमा महोत्सवमा सहभागीसँग भलाकुसारी समेत गरे । गोविन्दा शनिबार भारत फर्किनेछन्ए ।

अन्य तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?