+
+

गोविन्दालाई लोकसभा चुनावमा भाजपाले दार्जिलिङबाट उम्मेदवार बनाउन लागेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १७:२१

काठमाडौं । भारतमा सन् २०२४ मा लोकसभा चुनाव हुँदैछ । अहिल्यैदेखि त्यहाँ चुनावी माहोल सुरु भएको छ । लोकसभा सदस्यका लागि हुने यो चुनाव अप्रिलदेखि मेबीच हुने अनुमान छ ।

यसैबीच, चर्चित भारतीय अभिनेता गोविन्दाले नेपालसँग सीमा जोडिएको दार्जिलिङबाट चुनाव लड्ने चर्चा सुरु भएको छ । उनलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले उम्मेदवार बनाउन लागेको चर्चा छ । सन् २००९ देखि त्यहाँ भाजपाले जित्दै आएको छ ।

सिलिगुडीबाट प्रकाशित हुने पत्रिका हिमालय दर्पणदेखि अन्य भारतीय सञ्चारमाध्यमले समेत गोविन्दाले दार्जिलिङबाट चुनाव लड्न सक्ने सम्भावनासहितको खबर लेखेका छन् । गोविन्दालाई उठाउँदा नेपालीभाषीको मत पाउन सक्ने देखेर बीजेपीले उनलाई दार्जिलिङबाट उठाउन लागेको उक्त अखबारले लेखेको छ ।

‘आउँदो चुनावमा बीजेपीले दार्जिलिङमा सिट गुमाउन चाहँदैन,’ पत्रिकाले भनेको छ । नेपाली समुदायसँग निकट मानिने अभिनेता गोविन्दाकी पत्नी पनि नेपाली हुन् । उनले नेपालकै सुनिता आहुजासँग विवाह गरेका हुन् । उनी बेलाबेलामा नेपाल आइरहन्छन् ।

गोविन्दालाई उठाउँदा नेपालीभाषीको जनमत तान्न सकिने विश्लेषण बीजेपीको छ । पछिल्लो समय दार्जिलिङमा गोर्खाल्याण्डको माग जबर्जस्त रुपमा उठिरहेको छ । यदि गोविन्दा नउठे बहालवाला सांसद राजु विष्ट पनि दोहोरिने सम्भावना पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?