+
+

राजनीतिमा फर्किए गोविन्दा, शिवसेनाबाट मुम्बईमा चुनाव लड्न सक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते ११:५५

काठमाडौं । भारतीय अभिनेता गोविन्दा पुनः एकपटक राजनीतिको हिस्सा बनेका छन् । उनी त्यहाँको महाराष्ट्र राज्यका मुख्यमन्त्री एकथना शिंदेको दल शिवसेना प्रवेश गरेका छन् ।

यसअघि उनीसँग कांग्रेसबाट चुनाव लडेको अनुभव छ । यद्यपि उनले पार्टी प्रवेशको कुरालाई खास नभएको बताएका छन् ।

गोविन्दा ४३ वर्षको उमेरमा औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । उनले आफू १४ वर्षको वनबासपछि राजनीतिमा फर्किएको पार्टी प्रवेश कार्यक्रममा बताए । उनले आसन्न लोकसभा चुनाव लड्न सक्ने अनुमान गरिएको छ । बिहीबार महाराष्ट्र राज्यका सीएम शिन्देले पार्टी सदस्यता दिलाए । उक्त अवसरमा चुनावको टिकटका लागि गोविन्दा पार्टी प्रवेश नगरेको अभिव्यक्ति शिन्देले दिएका थिए ।

तर सन् २०१६ मा राजनीतिमा लाग्ने आफ्नो कुनै इच्छा नभएको अन्तर्वार्ता उनले दिएका थिए । टाइम्स अफ इण्डियामा यसअघि दिएको अन्तर्वार्तामा उनले कलाकार लामो समय राजनीतिमा टिक्न नसक्ने बताएका थिए ।

सन् २००४ मा गोविन्दाले उत्तरी मुम्बईबाट चुनाव लडेका थिए । उनले त्यतिबेला कांग्रेसबाट चुनाव जितेर २००९ सम्म सांसद रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?