+
+

कोरोनाबाट प्रभावित आयोजनाका ठेक्का सम्झौताको म्याद चैतसम्म थप

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १८:१४

२१ भदौ, काठमाडौं । कोरोना भाइरसबाट प्रभावित आयोजना तथा कार्यक्रमका लागि खरीद सम्झौताको अवधि आगामी चैतसम्मका लागि थप भएको छ ।

अर्थ मन्त्रालयका अनुसार ३ भदौको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार खरीद सम्झौताको म्याद चैत २०७८ सम्म थप गर्ने निर्णय भएको हो ।

अर्थ मन्त्रालयले सोमबार सबै मन्त्रालय/आयोग/सचिवालय तथा कार्यालयलाई पत्र लेख्दै यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार कोभिड-१९ संक्रमणका कारण बन्दाबन्दी तथा निषेधको आदेश जारी भई साविकमा सञ्चालित खरीद सम्बन्धी ठेक्का सम्झौता बमोजमको काम निर्धारित समयमा सम्पन्न हुन नसकेकोमा खरीद सम्झौताको म्याद थप गर्ने निर्णय भएको हो ।

मन्त्रालयका अनुसार कोभिड-१९ को पहिलो र दोस्रो लहर नियन्त्रण गर्न जारी भएको बन्दाबन्दी र निषेधाज्ञा जारी हुनु पूर्व वा आदेश अवधिभित्र सम्झौता भएका तर सो कारण काम सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको अवधि चैतसम्म थप्ने निर्णय भएको हो । चालु अवस्थामा रहेका खरीद सम्झौताको म्याद सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक वा परामर्शदाताको निवेदनका आधारमा बोलपत्र स्वीकृत गर्ने पदाधिकारीले म्याद थप गर्न सक्ने भएका छन् । यस क्रममा म्याथ थपको आवश्यकता र औचित्यको विश्लेषण गरि नेपाल सरकारलाई थप लागत वा दायित्व नपर्ने र म्याद थप वापत अन्य कुनै दायित्व नपर्ने गरी त्यस्तो सम्झौताको म्याद बढीमा चैत २०७८ सम्म थप्ने निर्णय भएको हो ।

म्याद थप गर्नु पर्ने भएमा त्यसको निर्णय एक महिना भित्रै गरिसक्नु पर्नेछ । यसबारे जानकारी सम्बन्धित मन्त्रालय, सचिवालय, आयोगको सचिव वा विशिष्ट श्रेणीको कर्मचारीलाई जानकारी गराउनु पर्ने भएको छ ।

सम्बन्धित सचिव वा विशिष्ट श्रेणीको पदाधिकारीले उपयुक्त बमोजिम समयमा निर्णय गरे नगरेको, सम्झौता म्याद थप भएपछि समयमा काम सम्पन्न भए नभएको वा सम्झौता बमोजिमको काम सम्पन्न भएपछि समय भित्र फरफारक भए नभएको भने नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रिर्पोटिङ गर्न समेत अर्थले निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?