+
+

आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १४:४१

१३ चैत, काठमाडौं । अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागका महानिर्देशक र उपमहानिर्देशकको सरुवा भएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले महानिर्देशक भुपाल बराल र उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराइको सरुवा गरेको हो ।

भुपाललाई वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभागको महानिर्देशकमा सरुवा गरिएको छ । भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

अर्थ मन्त्रालयमा तीन जना सहसचिवलाई भित्राइएको छ । सहसचिव ढुण्डीप्रसाद निरौला, शिवलाल तिवारी र नारायणप्रसाद सापकोटा अर्थमा भित्रिएका छन् । तर, उनीहरुलाई अर्थले भने अझै जिम्मेवारी तोकिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?