+
+
Shares

वैदेशिक सहायता परिचालनमा सरकारको प्रदर्शन कमजोर

यस आवमा सरकारले वैदेशिक ऋण र अनुदान गरी कुल २ खर्ब ८७ अर्ब ११ करोड बराबर सहायता परिचालन लक्ष्य राखेको थियो । तर, प्राप्ति भने १ खर्ब ३१ अर्ब हाराहारी मात्र भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १५:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यको ४५.६६ प्रतिशत अर्थात् १ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन गरेको छ ।
  • अर्थ मन्त्रालयका अनुसार पूँजीगत खर्चले गति लिन नसक्दा वैदेशिक सहायता प्राप्ति र ऋण परिचालनको लक्ष्य प्रभावित भएको हो ।
  • यस आर्थिक वर्षमा सरकारलाई कुल १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ ।

१९ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक सहायता परिचालनमा सरकार कमजोर देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार एक वर्ष अवधिमा सरकारले १ खर्ब ३१ अर्ब ८ करोड रुपैयाँ बराबर वैदेशिक सहायता प्राप्ति गरेको छ । जुन लक्ष्यको ४५.६६ प्रतिशतमात्र हो ।

यस आवमा सरकारले वैदेशिक ऋण र अनुदान गरी कुल २ खर्ब ८७ अर्ब ११ करोड बराबर सहायता परिचालन लक्ष्य राखेको थियो । तर, प्राप्ति भने १ खर्ब ३१ अर्ब हाराहारी मात्र भएको हो ।

वैदेशिक सहायता परिचालनमा ऋण प्राप्ति लक्ष्यको ४६.८५ प्रतिशत बराबर भएको छ । यस आवमा सरकारले वैदेशिक ऋण परिचालन २ खर्ब ३३ अर्ब ६६ करोड बराबर लिने लक्ष्य राखेको थियो । प्राप्ति १ खर्ब ९ अर्ब ४६ करोड हाराहारी भएको छ ।

अनुदान प्राप्तिको लक्ष्य ५३ अर्ब ४४ करोड थियो । प्राप्ति भने २१ अर्ब ६१ करोडमात्र भएको छ । नेपालमा वैदेशिक सहायता परिचालनको प्रगति पूँजीगत खर्चमा प्रत्यक्ष जोडिन्छ । आयोजनाले अपेक्षित गति लिन नसक्दा वैदेशिक सहायता प्राप्ति समेत प्रभावित बनेको हो ।

१ खर्ब ६१ अर्ब प्रतिबद्धता

यस आव वैदेशिक सहायता प्रतिबद्धता १ खर्ब ६१ अर्ब ४६ करोड  बराबर प्राप्त भएको मन्त्रालयले जनाएको छ । यसमध्ये १ खर्ब २४ अर्ब ३३ करोड ऋण र ३७ अर्ब १२ करोड अनुदान प्रतिबद्धता प्राप्त भएको छ ।

यसमध्ये द्विपक्षीय (मुलुकहरू) प्रतिबद्धता ५८ अर्ब ८३ करोड र बहुपक्षीय (बहुराष्ट्रिय निकाय) प्रतिबद्धता १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ बराबर प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?