News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले अस्थायी र करारका कर्मचारी हटाउने तयारी गरेपछि उनीहरूले मङ्गलबार अर्थ मन्त्रालयमा धर्ना दिँदै प्रदर्शन गरेका छन् ।
- वर्षौंदेखि कार्यरत कर्मचारीहरूले सेवा निरन्तरताको माग राख्दै अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर नाराबाजी गरेका छन् ।
- खर्च कटौतीको नीतिअनुसार आउटसोर्सिङमार्फत काम गराउने सरकारी निर्णयविरुद्ध कर्मचारीहरू आन्दोलित भएका हुन् ।
३० असार, काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध कर्मचारीहरूले मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।
सरकारले उनीहरूलाई हटाएर आउटसोर्सिङबाट काम गर्ने नीति लिएपछि वर्षौंदेखि अस्थायी र करारमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका हुन् ।
सबै मन्त्रालयका अस्थायी र करार कर्मचारीहरले सेवा निरन्तरताको माग गरिरहेका छन् ।
उनीहरूले मंगलबार अर्थ मन्त्रालयको मूल ढोकामा जम्मा भएर प्रदर्शन र नाराबाजी गरेका छन् । सरकारले खर्च कटौतीको नीति अनुसार पनि अस्थायी र करारका कर्मचारीहरू हटाउन खोजेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4