0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

आगामी आर्थिक वर्ष कुन प्रदेश र स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले वित्तीय हस्तान्तरणवापत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँ पठाउने भएको छ ।
  • वित्तीय हस्तान्तरणअन्तर्गत प्रदेशले १ खर्ब ९ अर्ब रुपैयाँ र स्थानीय तहले ३ खर्ब १४ अर्ब रुपैयाँ बजेट पाउने भएका छन् ।
  • सात प्रदेशमध्ये मधेश प्रदेशले सबैभन्दा धेरै १७ अर्ब ५९ करोड र गण्डकी प्रदेशले सबैभन्दा कम १२ अर्ब ७२ करोड रुपैयाँ अनुदान पाउने भएका छन् ।

२५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ मा सरकारले विभिन्न चार प्रकारका अनुदानवापत प्रदेश र स्थानीय तहमा ४ खर्ब २४ अर्ब २७ करोड रुपैयाँ बराबर हस्तान्तरण गर्दैछ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकार वित्तीय हस्तान्तरण अनुसार आगामी आवमा प्रदेशमा मात्र १ खर्ब ९ अर्ब र स्थानीय तहमा ३ खर्ब १४ अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुनेछ । स्थानीय तहभित्र पनि महानगरपालिकालाई ११ अर्ब ७३ करोड, उपमहानगरपालिकालाई ११ अर्ब ५० करोड र नगरपालिकालाई १ खर्ब ३८ अर्ब ६६ करोड विनियोजन गरिएको छ ।

गाउँपालिकाले १ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँ बराबर अनुदान पाउने छन् । आगामी आवमा सरकारले प्रदेशलाई ६१ अर्ब ५० करोड र स्थानीय तहलाई ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने छ ।

सशर्त अनुदान प्रदेशमा ३९ अर्ब ७२ करोड र स्थानीय तहमा २ खर्ब ६ अर्ब विनियोजन गरिएको छ । विशेष अनुदान प्रदेशमा ३ अर्ब ८२ करोड र स्थानीय तहमा ९ अर्ब ४० करोड विनियोजन गरिएको छ । समपूरक अनुदान प्रदेशमा ४ अर्ब ६० करोड र स्थानीय तहमा ८ अर्ब ९२ करोड छुट्याइएको छ ।

प्रदेशतर्फ सबैभन्दा धेरै बजेट मधेश प्रदेशले संघीय सरकारबाट पाउने छ । जसले १७ अर्ब ५९ करोड रुपैयाँ अनुदान पाउने छ । दोस्रो स्थानमा कर्णाली प्रदेश छ । सो प्रदेशले १७ अर्ब २० करोड पाउने छ । सबैभन्दा कम गण्डकी र लुम्बिनीले पाउने छन् । यी प्रदेशलाई क्रमशः १२ अर्ब ७२ करोड र १४ अर्ब ४१ करोड विनियोजन गरिएको छ।

हेर्नुस् सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?