+
+
Shares

अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

आर्थिक विधेयकमा कर कानुनहरूमा संशोधन गरी नयाँ दरहरू राखिएको हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १४:२४

१६ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक वेबसाइटबाट हटाएको छ । शुक्रबार बजेट भाषण लगत्तै मन्त्रालयले आर्थिक विधेयक वेबसाइटमा अपलोड गरेको थियो ।

शनिबार दिउँसो सो दस्तावेज वेबसाइटबाट लुकाइएको छ । आर्थिक विधेयकमा कर कानुनहरूमा संशोधन गरी नयाँ दरहरू राखिएको हुन्छ ।

आर्थिक विधेयक वेबसाइटबाट हटाएको विषयमा आफूलाई जानकारी नभएको अर्थ सचिव घनश्याम उपाध्यायले बताए ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८३ मा लिइएका विभिन्न कर नीतिलाई लिएर अहिले बहस सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?