+
+
Shares

आन्दोलनका कारण अर्थ मन्त्रालयमा क्षति भएको थिएन : अर्थसचिव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २६ गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ सचिव डा. घनश्याम उपाध्यायले २३ र २४ भदौ २०८२ को आन्दोलनमा अर्थ मन्त्रालयको राजस्व र कागजातमा कुनै क्षति नभएको जानकारी दिए ।
  • आन्दोलनका क्रममा देशैभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको कागजात सुरक्षित रहेको र आम्दानी तथा खर्चका सबै प्रणालीहरू सुचारु रहेको उनले बताए ।
  • आन्तरिक लेखा परीक्षण भइसकेकाले धेरै स्रेस्ता पुनः प्राप्त गर्न सकिने अवस्था रहेको सचिव उपाध्यायले सार्वजनिक लेखा समितिको बैठकमा उल्लेख गरे ।

२६ साउन, काठमाडौं । अर्थ सचिव डा. घनश्याम उपाध्यायले २३ र २४ भदौ २०८२ को आन्दोलनका दौरान अर्थ मन्त्रालयअन्तर्गत राजस्व तथा कागजातमा कुनै पनि प्रकारको क्षति नभएको स्पष्ट पारेका छन् ।

सो दिन खर्च र आम्दानीका सबै प्रणालीहरू निरन्तर चलेको सार्वजनिक लेखा समितिको बैठकमा उनले जानकारी दिए ।

देशभरीका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूको समेत कागजात नजलेको उनले बताए । आन्तरिक लेखा परीक्षण पनि भएको अवस्थामा धेरै स्रेस्ता रिकभर गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?